कपाल कालो बनाउन कालो चियाको अद्भुत प्रभाव, यसरी गर्नुहोस् प्रयोग


 


काठमाडौं, जेठ १० । कतिपय मानिसहरुको कपाल सानै उमेरमा सेतो हुने समस्या हुन्छ । कपाल कालो हुनुमा भिटामिन ‘बी’–१२ को कमी हुनु मानिन्छ । यसको कमीले समयभन्दा पहिले कपाल सेतो हुने समस्या निम्तिन्छ।

कपालको जरामा कपालको फोलिकल्स हुन्छ, जसले कपाललाई बलियो बनाउँछ र कपाललाई कालो बनाउँछ। यो भिटामिनलाई आहारमा समावेश गरियो भने कपाल केही हदसम्म कालो हुन थाल्छ।

साथै सेतो कपाललाई प्राकृतिक रुपमै फर्काउन वा कालो बनाउन कैयौं घरेलु उपायहरु पनि अपनाउन सकिन्छ । जसले सेतो कपाललाई कालो बनाउन मद्दत गर्छ । यसमध्ये सबैभन्दा सहज उपाय हो कालो चियाको प्रयोग ।

कालो चियाले सेतो कपालमा अद्भुत प्रभाव देखाउँछ। कपाल कालो बनाउने यो निकै पुरानो र प्रभावकारी उपाय हो।

प्रयोग गर्ने विधिः

–कालो चियालाई भाँडामा हालेर रङ ननिस्किएसम्म राख्नुहोस्।
–यो पानी कपालमा लगाउनुहोस्
–कम्तिमा २ घण्टापछि टाउको धुनुहोस्।
–त्यसमा कागतीको रस मिसाएरपनि ४० देखि ५० मिनेटसम्म कपालमा राख्न सकिन्छ।

प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्