साउदीमा २८ नेपाली अलपत्र


 


काठमाडाैं, मंसिर २

साउदी अरबको एक निर्माण कम्पनीमा रोजगारीका लागि गएका २८ जना नेपाली अलपत्र परेका छन् । चार महिनाअघि साउदी अरब गएका ती यसवाले समझौताअनुसार काम नपाएको, तोकिएअनुसार तलब नपाएको र कम्पनीले बन्धक बनाएको रोखेको दुखेसो गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका १४ चेतनानगरका ३० वर्षीय वेदप्रसाद फुँयालले कम्पनीले सम्झौताअनुसार काम नदिएको इलेक्ट्रिकल काममा भनेकामा इँटा बोक्ने, जग खन्ने, भारी बोक्नेलगायतका जोखिमपूर्ण काममा लगाएको गुनासो गरेको आजको अन्नपूर्णमा समाचार छ ।

नेपाल फर्कन कम्पनीसँग अनुरोध गर्दा १० हजार रियाल जरिवाना मागेको उनले टेलिफोनमा बताए । साउदी अरब पुगेपछि आफूहरुसँग रहेका सबै कागजपत्र कम्पनीले राकेको, स्वास्थ्य परीक्षण तथा अस्थायी वसोबासको काजगपत्रसमेत नबनाइदिएको पीडितहरुको भनाइ छ ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्