नेपाली बृहत शब्दकोष सच्याइने


 


काठमाडाैं, मंसिर २

पछिल्लो संशोधित नेपाली भाषाको वर्णविन्यासमा विवाद भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० को प्राज्ञिक परिषद् बैठकले शब्दकोष सच्याउने निर्णय गरेको कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए।

उनले भने, ‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ।’ मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो।

प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सो सम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्