भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको पार्टीबीच एकिकरण हुँदै


 


baburam-bhattarai-and-upendra-yadavकाठमाडौं, मंसिर ३
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकिकरण हुने भएको छ । स्रोतका अनुसार एकिकरणपछि पार्टीको कार्यकारी अध्यक्ष बाबुराम भट्टराईलाई बनाईने छ ।

एकीकरण पछि बाबुरामलाई पुन संसदमा लैजाने प्रयास समेत भइरहेको छ । नयाँ संविधान बन्नासाथ संसदबाट राजीनामा दिएका बाबुरामलाई सांसद बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमत गराइएको स्रोतले जनाएको छ ।

सांसद बन्न संवैधानिक अड्चन आउने र मुद्दा पर्ने डरले बाबुराम सांसद बन्न अन्कानाई रहेका श्रोतले जनाएको छ । नयाँ शक्तिको तर्फबाट एकीकरणका लागि वार्ता गर्न पासाङ शेर्पा र देवेन्द्र पौडेल संलग्न रहेको श्रोतको भनाई छ ।

अहिले नयाँ शक्तिका संयोजक भट्टराई वेलायत भ्रमणमा रहेकाले उनी फर्किएपछि एकीकरण प्रकृयाले थप गति लिने श्रोतले जनाएको छ ।

आगामी चुनाव अगावै यी दुई पार्टीबीच एकिकरणको घोषणा हुनेछ ।

यी दुई पार्टीबीच एकिकरणको प्रयास धेरै पहिले देखि भएपनि एकिकरण प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्