Deshko News
६ आश्विन २०८०, शनिबार

दक्षिण चीन सागरकाे हवाई क्षेत्रमा चिनियाँ जेट विमान प्रवेश



काठमाडौं, जेठ १७
अमेरिका–चीन सम्बन्ध झनै तनावपूर्ण बन्दै गएको छ ।

एक चिनियाँ लडाकु विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा दक्षिण चीन सागरमा उडीरहेको अमेरिकी सैन्य विमानको नजिक अनावश्यक रूपमा आक्रामक युद्धाभ्यास गरेको छ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा चिनियाँ लडाकु जेट अमेरिकी विमानको अगाडिबाट गुज्रिएको देखिन्छ ।

वाशिंगटनमा रहेको चिनियाँ दूतावासले घटनाको प्रतिक्रिया दिएको छैन। चीनले अमेरिकालाई दक्षिण चीन सागरमा जहाज र विमान पठाउनु शान्तिका लागि राम्रो नहुने धम्की दिएको छ ।

यो घटना पहिलो पटक भने होइन । डिसेम्बरमा, एक चिनियाँ सैन्य विमान अमेरिकी वायुसेनाको विमानको १० फिट मात्रै नजिक आएको थियो । अमेरिकाले यसलाई चिनियाँ सैन्य विमानको ‘खतरनाक व्यवहार’ को प्रवृत्ति भनेको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News