अचम्मको मन्दिर, जहाँ गरिन्छ मोटरसाइकलको पूजा


 


एजेन्सी । राजस्थानको रोपर जिल्लाको जोधपुर–पाली हाइवे नजिकै पाली जिल्लामा रहेको एक मन्दिरमा राखिएको मोटरसाइकललाई मानिसहरुले पूजा गर्ने गर्छन् । जुन मोटरसाइकल करिब ३० वर्ष पहिले दुर्घटनामा परि मृत्यु भएका एक युवकको हो । मोटरसाइकल मन्दिरमा राखिएको छ । यसलाई कसैले हटाउन सक्दैनन् ।

२३ डिसेम्बर १९८८ मा ओमसिंह राठौर नामका २३ वर्षीय छाराको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । एनफील्ड ३५० सीसीको मोटरसाइकलमा सवार रहेका युवकको दुर्घटनाका क्रममा रुखमा ठोकिएर मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकललाई प्रहरी चौकीमा लिएपनि पछिल्लो दिन त्यो मोटरसाइकल एक्कासी गायब भयो । खोज्दै जाँदा मोटरसाइकल फेरि त्यही दुर्घटना भएको ठाउँमा भेटियो ।

प्रहरीले फेरि मोटरसाइकललाई चौकीमा लिए । मोटरसाइकलमा रहेको पेट्रोल पनि निकालियो । तर, फेरि पनि पछिल्लो दिन मोटरसाइकल त्यही ठाउँमा पुगेको पाइयो । त्यसपछि मानिसले बाइकमा कुनै दिव्य शक्ति रहेको माने ।

मानिसहरुले दुर्घटनास्थलमा मन्दिर निर्माण गरे । जुन मन्दिरको नाम बुलेट बाबा वा ओम बन्ना मन्दिर भन्ने गर्छन् । जुन रुखमा ठोकिर युवकको मृत्यु भएको थियो सोही रुखको पनि पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्