संविधान संशोधन भई कार्यान्वयन हुन्छ : देउवा


 


धनगढी, मंसिर ३
सत्ता साझेदार पार्टी काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गरेका छन् ।

उनको सम्मानमा नेपाली काँग्रेस कैलालीले कैलालीमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले संविधान संशोधनका बारेमा आफुले नै मधेस केन्द्रित दलसँग वार्ता गरेको साथै आफु, एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीचबीच यसबारे सकारात्मक छलफल पनि भएकोले अब छिट्टै समस्या समाधान हुने बताए ।

सभापति देउवाले संविधान संशोधन भएर देशमा स्थानीय, राष्ट्रिय र सङ्घीय चुनाव भई संविधान कार्यान्वयनको चरण पनि पूरा हुने र संविधान कार्यान्वयनसँगै सबै प्रकारका अन्योल हट्ने बताए ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्