चित्त नबुझेका कुरामा व्यंग्यात्मक गीत गाउँनुस् : ओली


 


काठमाडौं, कात्तिक ३
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले देश र जनताको हित हुने काम नगरे अर्थात नेताहरुको काम प्रति कलाकारको चित्त नबुझेका कुराहरुमा व्यांग्यात्मक रुपमा गीत गाउन सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा कलाकार बैकुण्ठ महतको ‘हाम्रो नेपाल हामी नेपाली’ गीतिसंग्रहको विमोचन गदै अध्यक्ष ओलीले कलाकारले आफ्नो श्रृजना मार्फत देशभक्ति र राष्ट्रियताको पक्षमा खबरदारी गनुपर्ने बताए ।

साथै उनले देश विकासका लागि आफूले परिकल्पना गरेका विकास निर्माणका योजनालाई व्यंग्यको विषयवस्तु बनाएर उडाएको गुनासो समेत गरेका छन् ।

आफूले सरकारको नेतृत्व गरेका बेला परिकल्पना गरिएका विकास निर्माणका योजनालाई मजाकमा उडाइएको बताए ।

नेपालले पानी जहाज किन्ने हिम्मत राख्छ भनेर आफूले समृद्ध मुलुकको परिकल्पना गर्दा आलोचित बन्न पुगेको उनले उल्लेख गरे ।

उनले विकास निर्माण र मुलुकको परिर्वनका लागि आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइएको गुनासो गरे ।

पछिल्लो समय अंगिकृत नागरिकता र उनीहरुको नेपाली हैसियतका बारेमा चलिरहेको चर्चा प्रति इंकित गर्दे अध्यक्ष ओलीले नेपाली नागरिकले नेपालकै हितमा काम गर्नुपर्ने र मुलुकको हित विपरीत काम गर्न खोज्नेहरुप्रति एमालेले सधैं खबरदारी गरिरहने बताए ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्