मंसिर ७ भित्रै संविधान संशोधनको प्रस्ताव पेश हुन्छ : पुन


 


काठमाडौं, मंसिर ३
सरकारले यहि मंसिर ६ वा ७ गते संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने भएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले मंसिर ६ वा ७ गते सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने बताएका छन् ।

प्रमुख तीन दलवीच बिहीबार बालुवाटारमा भएको बैठकमा शीर्ष नेताहरु संविधान संशोधनको अन्र्तवस्तुमा सहमतिको नजिक पुगेकाले संविधान संशोधन प्रस्ताव ६ वा ७ गते सदनमा सहमतिका साथ पेश हुने आफ्नो विशवास रहेको नेता पुनले
बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले निरन्तर छलफल तथा सम्वाद जारी राखेकाले ठूला तीन दलहरुवीच सहमतिका साथ अघि बढ्ने वातावरण बनेको छ, त्यसैले यही मंसिर ६ वा ७ गतेभित्रै संशोधन प्रस्ताव संसदमा दर्ता हुने कुरामा कसैले शंका नगर्नु पर्ने बताए ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्