न्यायालयमा भ्रष्टाचारको हावा बग्छ : प्रधानन्यायाधीश


 


काठमाडौं, मंसिर ४

प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् ।दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि भएका न्यायाधीशलाई पनि दाग लगाउने गरेको गुनासो गरिन् । अदालतमा भ्रष्टाचार हुने गरेको जनगुनासो रहेको भन्दै उनले राजनीतिक क्षेत्रमा जस्तो अदालतमा भ्रष्टाचार नहुने दाबीसमेत गरिन् । अदालतमा चर्चा गरिए जति भ्रष्टाचार र राजनीति नरहेको भन्दै उनले इजलासमा बसेपछि राजनीति गर्ने पनि स्वतन्त्र बन्ने उनको दाबी छ ।

‘न्यायालयमा कहिलेकाहीँ भ्रष्टाचारको हावा पनि बग्छ, त्यो हावाले राम्रा छविका न्यायाधीशमाथि पनि दाग लगाउने गरेको छ,’ उनको भनाइ थियो । तर न्यायालय भ्रष्टाचार शून्य छ भनेर दाबी गर्ने अवस्थामा भने अझै पुगिनसकेको बताइन् । ‘न्यायालयभित्र भ्रष्टाचार र राजनीतिक प्रभाव छैन चाहिँ भन्न सकिँदैन तर, जुन रूपमा भ्रष्टाचारको कुरा बाहिर आउँछ, त्यो अनुपातमा चाहिँ छैन ।’

उनले भ्रष्टाचारलाई निर्मूल गर्न र अदालतलाई बलियो बनाउन आफूहरूको प्रयास निरन्तर रहेको बताइन् । कुनै एक व्यक्तिले कुनै कालखण्ड या समय विशेषमा गरेको भ्रष्टाचारजन्य क्रियाकलाप र राजनीतिक गतिविधिका कारण सिंगो न्यायालयमा भ्रष्टाचार र राजनीति भयो भन्न नमिल्ने भन्दै उनले न्यायालयमा यी दुवै कुरा अस्वीकार्य हुनेसमेत बताइन् । ‘कुनै तलाउमा एउटा मरेको भ्यागुतो परेकै कारण पूरै तलाउ गनायो भन्न मिल्दैन एउटा व्यक्तिले गरेको गल्तीका आधारमा न्यायालयकै बदनाम गर्न हुँदैन,’ उनले भनिन् ।

प्रधानन्यायाधीश कार्कीले ‘मुद्दा हा¥यो कि न्यायाधीशले घुस खायो’ भन्ने चलनले न्यायालयको बदनाम भइरहेको भन्दै उकपक्षले सधैं हार्ने भएकाले यो हार्नेपक्षले चलाउने हल्ला मात्र भएको जिकिरसमेत गरिन् । भ्रष्टाचार एक्लैले गर्न नसक्ने तर्क गर्दै भ्रष्टाचार गर्ने जति नै यो कार्यमा उक्साउने र संलग्न गराउने व्यक्ति पनि दोषी रहेको बताइन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्