Deshko News
६ आश्विन २०८०, शनिबार

सुक्खायाममा लोडसेडिङ हुन नदिने



bijuliकाठमाडौं, मंसिर ५

नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ ।

आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालिको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना छ ।

भारतबाट हाल सम्म दुई सय ४८ मेगावाट बिजुली आयात भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएमा पाँच सय मेगावाट बिजुली आयात हुनेछ ।

नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाट अर्को थप चालिस, ढल्केवरबाट थप असी, रक्सौल–परवानीपुर र कटैया–कुसाहाबाट पचास–पचास गरी थप दुईसय पचास मेगावाट विद्युत दिन भारत सहमत भएको हो ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News