Deshko News
१६ आश्विन २०८०, मंगलबार

चर्चामा जुनियर एनटिआर, २५ सेकेन्डको विज्ञापन खेल्न ८ करोड !



काठमाडौं । ‘आरआरआर’ प्रदर्शन भएपछि चर्चामा आएका दक्षिण भारतीय अभिनेता जुनियर एनटिआरको व्यस्तता बढेको छ ।

उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि थुप्रै अफर आउन थालेको छ। उनी हालै म्याकडोनाल्डको म्याकस्पाइसी चिकेन शेयरर्सको ब्रान्ड एम्बेसडर बनेका छन्।

उनले यसबाट महंगो पारिश्रमिक लिएका छन्। २५ सेकेन्डको विज्ञापन खेल्न उनले ६ देखि ८ करोड भारू लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

जुनियर एनटिआर हाल फिल्म ‘देवरा’ को छायांकनमा व्यस्त छन्। फिल्ममा जाह्नवी कपूरको पनि मुख्य भूमिका रहनेछ।

यस्तै उनी ऋतिक रोशनको फिल्म ‘वार २’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा पनि छन्।

प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News