कैलाली कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश रहन्छ : देउवा


 


कञ्चनपुर, मंसिर ५

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार कञ्चपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताए ।

उनले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेकाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले अङ्गीकृत नागरिकलाई कार्यकारी पद दिने कुरा सञ्चारमाध्यमहरुले फैलाएको हल्ला मात्रै भएको बताए ।

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्