भोजपुरको सुन्तला सुनका रुपमा स्थापित


 


suntala 2

भोजपुर, मङ्सिर ५
पछिल्लो समय भोजपुरको सुन्तला सुनको रुपमा स्थापित हुन थालेको छ ।

यहाँका किसानले दशवर्ष अगाडिसम्म आफ्नो बगैँचामा फलेको सुन्तला नुनसँग साटने गरेकामा अहिले वार्षिक दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न थालेकाले यो सुनको रुपमा स्थापित भएको कृषक किसान राईको भनाई छ ।

स्थानीय पहाडे जातका सुन्तलाले उचित मूल्य पाउन थालेपछि पछिल्लो समय किसान व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।

मध्यपहाडी लोकमार्गसँगै गाउँ÷गाउँसम्म कच्ची सडक निर्माण भई जिल्लालाई सिधैँ तराईका ठूला सहरसँग जोडिएपछि सुन्तलाले बजार पाउन थालेको हो ।

स्वादिष्ट तथा स्वास्थ्यकर फलको रुपमा चिनिने सुन्तला अहिले घर बगैँचाबाटै गाउँघरकै र जिल्ला बाहिरका ठेकेदारले लिने गरेको सिद्धेश्वरका व्यवसायी कमल राईको भनाइ छ ।

जिल्लामा अहिले सुन्तला कलिलो हँुदै ठेकेदारहरुले गाउँ छिरेर बगैँचानै ठेक्का लिने गरेका छन् ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भोजपुरको स्थानीय सुन्तला बजारमा छ्याप्छ्याप्ती पाउन थालेको छ ।

यसरी फल्छ भोजपुरमा सुन्तला (फोटो फिचर)

प्रकाशित मिति: ५ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्