संसदीय सुनुवाइ समितिको बैठक आज पनि, प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न सोधिने


 


काठमाडौं, असार १
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो ।

समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् । सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्