आदिपुरुष विवादबारे बालेनले गरेको निर्णयमा दिपकराज गिरीको पनि समर्थन


 


काठमाडौं, असार १
दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको निर्णयलाई कलाकार दिपकराज गिरीले पनि समर्थन गरेका छन् ।

मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा कलाकार गिरीले पनि सामाजिक सञ्जालमार्फत समर्थन गरेका हुन् ।

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले लेखेका छन् ।

मेयर शाहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । उनले सो संवाद सच्याउन तीन दिनको समय दिएका छन् ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्