८३ वर्षमा पिता बने अभिनेता अल पचिनो, २९ वर्षीया प्रेमिकाले जन्माइन् बच्चा


 


काठमाडौं । हलिउड अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा पिता बनेका छन् । उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहले छोरालाई जन्म दिएकी छन् ।

अल पचिनोले एक पुरानो अन्तर्वार्तामा आफू आफ्नो बुबा जस्तै गैरजिम्मेवार बुबा बन्न नचाहेको बताएका थिए । पचिनोको बुबाले उनलाई र उनको आमालाई बच्चा हुँदा नै त्यागे ।

पचिनोले आफ्ना तीन सन्तान रहेको र तीनैको जिम्मेवारी आफूमाथि रहेको बताए । गत मे ३१ मा नूरको गर्भावस्थाको कुरा मिडियामा आएको थियो । नूरले यो कुरा अल पचिनोलाई ११ हप्तासम्म नभएको बताइएको छ ।

अल पचिनोका पहिले नै तीन सन्तान छन् । जेठी छोरीको नाम जुली मेरी हो । उनको उमेर ३३ वर्ष हो । यसबाहेक उनका दुई जुम्ल्याहा सन्तान एन्टोन र ओलिभिया पनि छन् । दुवैको उमेर २२ वर्ष रहेको छ ।

डेली मेलको रिपोर्टका अनुसार, अल पचिनोले पहिलो पटक आफ्नो मौनता तोड्दै यो क्षणलाई विशेष भनेका छन् । यो बयानसँगै पचिनोले बच्चाको आगमनबाट आफू खुसी नभएको भनिएको सबै समाचारलाई अस्वीकार गरेका छन् ।

केही विवरणमा पचिनो र नूरको ब्रेकअप भएको उल्लेख छ । तर, अर्को विवरणले भने यी दुई एकसाथ रहेको जनाएको छ । यी दुवैको भेट कोरोना महामारीका बेला भएको थियो ।

अल पचिनो आफ्नो समयका चर्चित स्टार हुन् । उनले इन्सोम्नियाु, द आयरिशम्यानु द गडफादरु, स्कारफेसु, हीटु, द डेभिल्स एड्भोकेटु र सेन्ट अफ ए वुमनु जस्ता क्लासिक्समा आफ्नो अभिनयका लागि परिचित छन् ।

प्रकाशित मिति: २ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्