रवि ओड र शान्तिश्रीको गीत ‘ढिँडो मलाई देउ’ बजारमा


 


काठमाडौं, असार ६ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ ।

प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएको म्युजिक भीडीयो ‘गोल्डेन हर्ट पिक्चर्स’को युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको भिडियोमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का देखिएका छन् । भिडियो प्रमोद कुमार भण्डारीले निर्देशन गरेका हुन् ।

भिडियो चितवनका आसपासको क्षेत्रमा छायांकन भएको छ । भीडीयो मीन रावलले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्