अब फिल्ममा डेब्यु गर्दै ‘सकम्बरी’


 


काठमाडौं, असार ६ । प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि चर्चामा आएकी मोडल कुसुम शर्मा अब फिल्ममा पनि देखिने भएकी छन् ।

उनी दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् ।

निर्देशक श्रेष्ठले फिल्मको पोष्टर शर्मा र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् । फिल्ममा आर्यन र कुसुमको अलावा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठ लगायतको मुख्य भूमिका रहनेछ ।

प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।

प्रकाशित मिति: ६ असार २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्