ट्रम्पले खराब काम गर्न खोजेमा सतर्क गराउने -ओबामा



barack-obamaकाठमाडौं, मंसिर ६

अमेरिकी राष्ट्रपति बराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मूल्य र मान्यतालाई चुनौति दिएमा आफूले त्यसविरुद्ध सचेत गराउने बताएका छन् ।

आफ्ना उत्तराधिकारीबारे अहिल्यै कुनै टिप्पणी नगर्ने भन्दै ओबामाले राष्ट्रपतिको कार्यकाल पूरा गरेर ह्वाइहाउसबाट बाहिरिएपछि भने ट्रम्पले खराब काम गर्न खोजेमा सतर्क गराउने बताएका हुन् ।

पेरुको राजधानी लिमामा पत्रकारहरुसँग राष्ट्रपति ओबामाले आफू ट्रम्पलाई सघाउने पक्षमै रहेको पनि प्रष्ट गरे ।

तर चित्त नबुझेका कतिपय विषयमा भने एक नागरिकका हैसियतले आवाज उठाइरहने उनले बताए ।

राष्ट्रपति कार्यालय र नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई अघि बढ्न पूर्ण सहयोग रहने भन्दै उनले तर अमेरिकी मूल्य र मान्यतामा कुठाराघात हुने अवस्था आए सचेत गराउँछु भने ।

ओबामा एशिया प्यासिफिक इकोनोमिक कोओपरेसन एपेकको सम्मेलनमा भाग लिन पेरु पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News