अभिनेत्री दिपशिखाले गरिन् ‘कोर्ट म्यारिज’


 


काठमाडौं, असार ७ । अभिनेत्री दिपशिखा सिंह खड्काले विवाह गरेकी छन् । उनले अमनजंग बस्न्यातसँग ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

आफन्तको उपस्थितिमा बुधबार काठमाडौँ जिल्ला अदालतमा उनीहरुले कोट म्यारिज गरेका हुन् । दुवैको गत सोमबार ग्रान्ड नोर्लिङ होटलको रिसोर्टमा इन्गेजमेन्ट भएको थियो । बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् ।

खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । उनले ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी छन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्