‘आदिपुरुष’को लगानी उठ्न गाह्रो


 


काठमाडौं, असार ७ । विवादमा परेको भारतीय चलचित्र ‘आदिपुरुष’को कमाईमा भारी गिरावट आएको छ । रिलिज भएदेखि नै विवादमा तानिएको चलचित्र प्रदर्शनमा नेपालसहित भारतमा रोक लगाइएको छ ।

नेपालसहित भारतका विभिन्न हलमा हिन्दू संगठनवादीहरुले यो चलचित्रको विरोध गर्दै प्रदर्शनमा रोक लगाएका हुण्न् ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौँ महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीन दिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो ।

फिल्मको संवाददेखि लिएर कलाकारहरूको अभिनयलाई लिएर मानिसहरूले निकै विरोध गरिरहेका छन् । चलचित्रले पहिलो तीन दिनमा बक्स अफिसमा धमाकादार कमाई गरेपछि चौथो दिनदेखि घट्दै गएको छ ।

‘आदिपुरुष’ को पाँचौँ दिनको कमाइमा भारी गिरावट आएको छ । ‘आदिपुरुष’ ले पाँचौँ दिन भारतको बक्स अफिसमा १० करोड रुपैयाँ कमाएको छ ।

‘आदिपुरुष’ ले चौथो दिन १६.५० करोड कमाएको थियो । हालसम्म फिल्मले भारतभरबाट २ सय ४८ करोड भारतीय रुपैयाँ कमाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार आलोचनाको बाबजुद रिलिज भएको पाँच दिनमा विश्वभरबाट फिल्मले ३ सय ९५ करोड कमाएको छ ।

यो फिल्म बनाउनका लागि निर्माताले ५ सय करोड खर्च गरेका छन् । साउथका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री कृति सेनन् फिल्ममा मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: ७ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्