भाेजपुरका अग्निपीडितलार्इ पूर्व सञ्चारमन्त्रीकाे पहिलाे सहयाेग


 


sherdhan-rai-help-2काठमाडाैं, मंसिर ६

भोजपुरका अग्निपीडितलाई पूर्व सूचना तथा सञ्चारमन्त्री एंव भाेजपुर क्षेत्र नं २ का सांसद शेरधन रार्इले अार्थिक सहयाेग प्रदान गरेका छन् ।
साेमबार क्षति भएका घरको अवस्था बुझ्न र पीडित परिवारलार्इ सहानुभूति दिन भाेजपुर पुगेका एमाले नेता रार्इले पीडित परिवारलार्इ तिन लाख नगद अार्थिक सहयाेग प्रदान गरेका हुन् ।

रार्इले दुर्इ लाख र विश्व सराेकार समाज सिंगापुरकाे एक लाख रकम सहयाेग जिल्ला दैवीप्रकाेप  उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मालाई हस्तान्तरण गरेका हुन् । पीडित परिवारलार्इ सहानुभूति प्रकट गर्न सांसद जयन्ती रार्इ पनि घटनास्थल पुगेकी छन् ।

पूर्व सञ्चारमन्त्री रार्इले अग्नी नियन्त्रण, उद्दार, पुनस्थापनामा संलग्न स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीलार्इ धन्यवाद दिएका छन् ।

sherdhan-rai-help-1पीडितलाई सदरमुकामको बानेश्वर गुठीको जग्गामा सामुहिक आवास निमार्ण गरी व्यस्थापन गर्ने काम भएकाे छ ।  भोजपुर सदरमुकामको भोटेपसलमा अाइतबार भिषण आगोलागी हुँदा ७  घर जलेर नष्ट भएका थिए । आगलागीबाट २० करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन ।

यसैबिच भाेजपुरकाे अागलागीमा सरकार भने पुरै माैन बसेकाे छ । भाेजपुरका सांसदरू अागलागीकाे घटनालार्इ लिएर गृहमन्त्री कहाँ पुगे पनि मन्त्री भने सम्पकर्कबिहिन भएका छन् । भाेजपुरकाे याे घटनामा सरकार वेखबर र उदासिन बन्नु खेदजनक भएकाे स्थानीयले अाराेप लगाएका छन् ।

विश्व सराेकार समाज सिंगापुरबाट समाजका अध्यक्ष रामप्रसाद रार्इ, संंयाेजक जीवन खाहाेङ रार्इ र सह संयाेजक राजकुमार रार्इले संयाेजन गरेर पूर्व मन्त्री रार्इ मार्फत १ लाख रकम सहयाेग हस्ताण्तरण गरेका हुन् ।

यसैबिच जिल्लाका राजनैतिक दल, उद्याेग बाणिज्य संघ, नागरिक समाज, पत्रकार र प्राध्यापकहरूकाे सक्रियतामा ३ लाख ५९ हजार ६ सय ७६ रूपैयाँ  संकलन गरी प्रमुख जिल्ला अधिकारी शर्मालाई हस्तान्तरण गरिएकाे छ ।

प्रकाशित मिति: ६ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्