१५ मेगावाटको इर्खुवा खोला बी जलबिद्युत योजना विवादमा



irkhuwa-kholaभोजपुर, मंसिर ६
जिल्लाको उत्तरी इर्खुवा खोलामा निर्माण हुने इर्खुवा खोला बी जलबिद्युत योजना बिबादमा परेको छ । गुनासो, उजुरी तथा सुझाब आह्वानपत्र बदनियतपूर्बक मिती गुजारेर टाँस गरेपछि योजना बिबादको भूमरिमा फसेको हो।

हाललाई २०७४ साल बैशाख १९ सम्मको लागि सर्भेक्षण अनुमती लाइसेन्स पाएको १५.५२ मेगावाट क्षमताको यो योजनाले गुनासो, उजुरी तथा सुझाब आह्वनपत्र २०७३ असोज ५ गतेको मिती राखी १५ दिनको समय दिएर सार्बजनिक ठाउँमा  कार्तिक २४ गते गरेको टाँसिएकाे थियो।

परियोजनास्थल मै अर्को ३० किलोवाटको इर्खुवाखोला लघु जलबिद्युत योजना निर्माण सम्पन्न भइ ग्रामीण बिद्युतिकरण अन्तर्गत बिजुली बलिरहेकोमा सो लघु जलबिद्युत योजना र स्थानियबासीलाई छल्ने उद्देश्यले सो बदनियतपूर्बक सूचना इर्खुवा खोला बी जलबिद्युत परियोजनाले जारी गरेपछि मूलत चौकीडाँडाका बासिन्दा र विद्युत उपभोक्ता रुष्ट बनेका हुन्।

इर्खुवाखोला लघु जलबिद्दुत योजनाले विज्ञप्ती निकालेर अनामनगर, काठमाडौंमा रजिष्टर्ड कार्यालय भएको इर्खुवा खोला बी जलबिद्युत योजनाको प्रवर्दक बराह मल्टिपावर प्रा लिले आफूसँग गरेको संझौता उल्लंघन गरेकोमा बिरोध गरेको छ। विज्ञप्तीमा उल्लेख भए अनुसार बराह मल्टीपावर प्रा लि र इर्खुवाखोला लघु जलबिद्दुत योजना बिच २०७१ बैशाख ४ गते चौकीडाँडा-३, भोजपुरमा संझौता सम्पन्न भएको र सो संझौता अन्तर्गत बिद्युत निर्माण समिती गठन गरिएको थियाे ।

अहिले बराह मल्टिपावर प्रा लि ले आफूखुसी आफ्नैढंगले संचालनमा रहेको इर्खुवाखोला लघु जलबिद्युत योजनालाई क्षति पुर्ग्ने गरी काम कारबाई अगाडी बढाएकोले बिरोध गर्नुपरेको उल्लेख छ।  चौकीडाँडाका बासिन्दा बर्षौंदेखी टुकीको सहारामा जीवन गुजार्दे आएकोमा स्थानीयको रकम संकलन तथा महिनौको जन श्रमदानले यो लघु जलबिद्दुत योजना सम्पन्न गर्न सफल भएका थिए।

३ सय घरधुरी प्रत्यक्ष लाभान्वित यस इर्खुवाखोला लघु जलबिद्दुत योजना चौकीडाँडाका बासिन्दाले ३ बर्ष लगाएर निर्माण सम्पन्न गरेका हुन्। बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबाट ५४ लाख ६० हजार अनुदान सहयोग प्राप्त भएको यो लघु जलबिद्दुत योजनाको कुल लागत १ करोड ५९ लाख हो ।

यो लघु जलबिद्दुत योजनाको उद्घाटन तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री कृपासुर शेर्पाले अघिल्लो बर्ष चौकीडाँडामै पुगेर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News