सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा



syiriyaकाठमाडौं, मंसिर ७

द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको जनाएका हो ।

सिरियामा जारी गृहयुद्धका कारण फसेका १० लाख जनतालाई भोकमरीको समस्या रहेको र मानवीय सहायता तथा उचित उपचारबाट बन्चित गराइएको राष्ट्र संघको भनाइ छ ।

उनीहरुलाई देश छोड्न वा आत्मसमर्पण गर्न बाध्य तुल्याइएको तथ्यांकमा उल्लेख छ ।

घेराबन्दीमा परेकाहरुमा अधिकांश दमस्कसको उपनगर जोबार, हजार अल असवाद क्षेत्रका रहेको बताइएको छ ।

सिरियामा बर्षाैंदेखि जारी संघर्षमा ३ लाख भन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News