Deshko News
१६ आश्विन २०८०, मंगलबार

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई जवाफ पेश गर्न उच्च अदालतको आदेश



विराटनगर, असार १४
उच्च अदालत विराटनगरले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पाँच दिनभित्र जवाफ पेस गर्न आदेश दिएको छ । मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अपहेलनासम्बन्धी मुद्दा परेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै आज बसेको न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पाँच दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

मङ्गलवार अधिवक्ता उद्धवचन्द्र घिमिरे र रजिस्ट्रार जितेन्द्रबाबू थपलियाले उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशले पैसा खाएर स्टेअर्डर दिएको विवादित अभिव्यक्तिको दिएका राजभण्डारीविरुद्ध उच्च अदालतमा रिट निवेदन मुद्दा दर्ता भएको हो । गत असार १० गते विराटनगरस्थित एक कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको गम्भीर आरोप लगाएका थिए । उनले न्यायाधीशलाई फटाहा र कलङ्कको संज्ञासमेत दिएका थिए ।

मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अपहेलनाको बनेको जाहेरीमा उल्लेख छ । न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि घृणा फैलाउने उद्देश्यले प्रेरित भएको दाबी निवेदनमा गरिएको छ । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News