डा.केसीका मागबारे छलफलका लागि उच्चस्रीय समिति गठन गरिँदै


 


काठमाडौं, मंसिर ८
सरकारले अनसरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको छ ।

मंगलबार बेलुका अनसनरत डा. केसीलाई भेटेर स्वास्थ्यमन्त्री गगन थापाले माग पूरा गर्न बुधबार नै शिक्षा सचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने तयारी गरेको बताए ।

डा. केसीले माग पूरा नहुँदासम्म अनसन नतोड्ने बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १० दिनदेखि उनी आमरण अनसनमा बसेका छन् ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्