भाेजपुरमा श्रीमानले गरे श्रीमतीकाे हत्या


 


भाेजपुर, मंसिर ८

भाेजपुरमा श्रीमानले अाफ्नै श्रीमतीकाे हत्या गरेका छन् । साेमबार राति १० बजे भाेजपुरकाे अाम्तेक गाविस १ का ४५ बर्षिय लट्टे भनिने अार्इते दमार्इले अाफ्नी कान्छी श्रीमती ३६ बर्षिया निर्मला दमार्इलार्इ कुटपिट गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

लट्टेलार्इ प्रहरीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएकाे छ भने घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक राधा प्रसाद पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्