क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने-ट्रम्प


 


trumpकाठमाडौं, मंसिर ८

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् ।

राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको इमेल प्रकरणमा पुनः छानविन गरी उनलाई जेल हाल्नेसम्मको कडा अभिव्यक्ति दिएका थिए ।

ट्रम्पले राष्ट्रपतीय निर्वाचनकी आफ्नी प्रतिस्पर्धी रहेकी क्लिन्टनलाई थप पीडा दिने आफ्नो चाहना नरहेको समेत स्पष्ट पारे ।

क्लिन्टनलाई भने ट्रम्पको यस भनाईले धेरै हदसम्म राहत मिलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका निर्देशक जेम्स कोमीले ईमेल प्रकरणमा क्लिन्टनले कुनै गलत काम नगरेको बताइसकेका छन् ।

तर डेमोक्रेटिकका तर्फबाट राष्ट्रपतीय उम्मेदवार रहेकी क्लिन्टनले आफ्नो हारमा कोमीको हात रहेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्