Deshko News
१४ आश्विन २०८०, आइतबार

भारतमा छ जना माओवादी मारिए



नयाँदिल्ली, मंसिर ८

पूर्वी भारतको जङ्गल इलाकामा बुधबार प्रहरी र माओवादी विद्रोहीबीच भएको दोहोरो झडपमा कम्तीमा छ सशरुत्र लडाकू मारिएका एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

झारखण्ड राज्यको लटेहार जिल्लामा बुधबार विहान प्रहरीले जारी गरेको खोजी अभियानको क्रममा माओवादी लडाकूहरुले आक्रमण गरेपछि जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

“घना जङ्गल भएको सो क्षेत्रमा विगत १५ वर्षदेखि विद्रोही समूह क्रियाशिल रहेको छ,” प्रहरी निरीक्षक अनुप बर्थरायले भन्नुभयो । “प्रहरीको जवाफी कारबाही झण्डै ४५ देखि ५० मिनेटसम्म चलेको थियो, हामीले माओवादीको आफ्नै कालो पोशकमा रहेका छ जनाको शव नियन्त्रणमा लिएका छौं,” उहाँले एएफपीलाई टेलिफोनमार्फत जानकारी दिनुभएको छ ।

“हामीले छ ओटा हतियार र झण्डै पाँच सय राउण्ड गोलीका खोका नष्ट गरेका छौँ” भनी उहाँले थप जानकारी दिनुभएको छ । विगत एक दशकदेखि माओवादी विद्रोहीहरुले सरकारविरुद्ध लड्दै आइरहेका छन् । रासस÷एएफपी

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News