भाेजपुरमा इलाका नं ८ र ९ स्थानीयकाे अान्दाेलन जारी


 


भाेजपुर, मंसिर ९

संयूक्त गाउँपालिका इलाका नं ८ र ९ लेर्खक भोजपुर सहितको आन्दोलन जारी रहेको छ । संयूक्त गाउँपालिका संघर्ष समितिले बुधबार गाउँपालिका सम्बन्धि आफ्ना मागलाई नयाँ स्थानीय विकास अधिकारी मार्फत आयोगमा सिफारीस गर्न अनुरोध गरेका छन् ।

गोगनेस्थित विद्यश्वर माविको ७६ औं वार्षिक उत्सव उद्घाटन गर्न पुगेका जिल्लास्थित प्रमुख र स्थानीय विकास अधिकारी मार्फत उनीहरुले यस्तो माग गरेका हुन् । प्रस्तावित गाउँपालिकाको केन्द्र कुनैपनि हालतमा स्वीकार नहुने भन्दै समितिले जिल्लास्थित राजनीतिक दलहरुले आफ्ना माग प्रति बेवास्ता गरेको प्रति कडा आपत्ति जनाएका छन् ।

आगामि दिनमा पनि अझै बेवास्ता गरे कडा भन्दा कडा विरोधका कार्यक्रम लिएर सदरमुकाममा उत्रने समेत चेतावनी दिएका छन् । स्थानीय विकास अधिकारी सिता परियारले इलाका नं ९ लेखर्क सहितको मागलाई सम्वोधन गराउनका लागी सकेसम्म अझै पहल गर्ने बताक्इन । याे सङ्घर्ष समितीले छुटै गाउँपालिकाको माग गर्दै थुप्रै आन्दोलनका कार्यक्रम अघि सारेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्