भाेजपुरका अागलागी पीडितका लागि राहत प्याकेज माग गर्ने समिति बन्याे


 


aaglagi-bhojpur-3भाेजपुर, मंसिर ९

भोजपुरका आगलागी पीडितका लागि सरकारसँग राहत प्याकेज माग गर्ने बिषयमा ७ सदस्यीय प्याकेज निर्माण उपसमिति गठन गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको अध्यक्षतामा बिहिबार बसेको समितिको बैठकले पूर्व सांसद सुदन किराँतीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिमा उमेश नेपाल, डम्बर कुमार श्रेष्ठ, राजन रार्इ, राजन रेडी, इश्वरी प्रसाद देवकाेटा र गणेेश श्रेष्ठ रहेका छन् । आगलागी पीडितका लागि सरकारलाई राहत प्याकेज पठाउने बिषय तयार गरी उपसमितिले ३ दिन भित्रमा प्याकेज तयार गरी सक्नुपर्ने भएको छ ।

उपसमितिले आगलागी पिडितका लागि संकलन भएको राहत रकम कुन मापदण्ड अनुसार वितरण गर्ने भन्ने दाँचा समेत तयार गर्ने जिम्मेवारी पाएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले आगलागीबाट ध्वस्त संरचना हटाएर अस्थायी रुपमा भएपनि सोही जग्गामा बस्ने वातावरण बनाउन नेपाली सेनाको रणबम गण र सशस्त्र प्रहरी टक्सार गुल्मलाई सहयोग माग्ने निर्णय समेत गरेको छ ।
बैठकमा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अजुर्नकुमार शर्माले आगलागी पिडितका लागि हालसम्म ७ लाख २७ हजार ८ सय १ रुपैंया संकलन भएको जानकारी दिए । सोही क्रममा भोजपुर नगरपालिका–७ डाँडागाउँका नरहरी राईले ५० हजार र सगरमाथा ट्याक्सी व्यवसायी संघबाट संकलित २५ हजार जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रजिअ शर्मालाई बुझाएका थिए  ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्