दुबर्इमा १४ नेपाली अलपत्र


 


युुएर्इ, मंसिर ९

संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम नपाएको बताएका छन् ।

युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुले पठाएको उनीहरूले बताए । भनेजस्तो काम नपाएपछि अलपत्र परेको र आफूहरुसँग खानका लागि पनि पैसा नरहेको उनीहरुको भनाइ छ ।

अलपत्र पर्नेहरू धेरैजसो चितवनका युवा छन् । अलपत्र मध्ये चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् ।

त्यस्तै भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् ।

त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको उनीहरूले बताए ।

 

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्