भाेजपुरका अागलागी पीडितलार्इ पूर्व जलस्राेत मन्त्रीकाे १ लाख सहयाेग


 


gyanendra-bahadur-karkiभाेजपुर, मंसिर १०

भोजपुरका अग्नी पीडितलाई पुर्व जलस्राेत मन्त्री एवं सांसद् ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक सहयोग प्रदान गरेका छन् । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको अवलोकनमा भोजपुर अाएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद कार्कीले पीडितलाई नगद १ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरेका हुन् ।

शुक्रबार कार्कीले याे रकम जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष एवं भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाइ हस्तान्तरण गरेका छन् । आगलागी भएको ठाउँको निरीक्षणपछि जिविसमा आयोजित एक कार्यक्रममा यहाँको दुखत घटनाप्रति सरकार गम्भिर रहेको भन्दै पीडित परिवारहरुको पुर्नस्थापनाका लागी आफुले सक्दो पहल गर्ने बताए ।

आगलागी पीडितका लागि हालसम्म ८ लाख २७ हजार ८ सय १ रुपैंया संकलन भएको जिल्ला दैविक प्रकोप उद्धार समिति भाेजपुरले जनाएकाे छ ।

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्