‘आदिपुरुष’को असर अक्षयको ‘ओ माई गड–२’मा, प्रदर्शनमा रोक


 


काठमाडौं । भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

‘आदिपुरुष’ विवादले सतर्क भएको बोर्डले आदिपुरुषलाई जस्तै विवाद हुन नदिन ‘ओह माइ गड २’ को संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार सेन्सर बोर्डका सदस्यले फिल्ममा समावेश दृश्य र संवादका कारण भविष्यमा कुनै विवाद नआओस् भनेर सुनिश्चित गर्न खोजेका छन् ।

भारतीय चलचित्र जाँच समितिको परिमार्जन समितिले पुनः एकपटक फिल्मलाई जाँच गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्