रियाल मड्रिड शीर्ष स्थानमा


 


barcilonaकाठमाण्डौ , मंसिर १३

स्पेनिश लिग फुटबल ला लिगामा बार्सिलोना फेरी बराबरीमा रोकिएको छ । गय राती भएको खेलमा बार्सिलोनालाई रियाल सोसिडाडले १-१ गोलको बराबरीमा रोकेको छ ।

रियाल सोसिडाडको मैदानमा भएको खेलमा घरेलु टोलीका विलियन जोजेले पहिलो गोल गरे । तर लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

यो खेलसँगै रियाल सोसीडाडको मैदानमा बार्सिलोनाको खराब किर्तीमानले निरन्तरता पाएको छ ।

बार्साले सोसीडाडाको मैदानमा एउटा पनि खेल जित्न सकेको छैन । कुल ६ खेलमध्ये ५ खेलमा सोसीडाड विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ ।

बार्सीलोनाले आफ्ने मैदानमा भने सोसीडाडसँग हालसम्म खेलेका सबै ६ खेल जितेको छ ।

ला लिगा अन्तर्गत राती भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले ओसासुनालाई ३-० ले हराँउदा सेल्टा भिगोले ग्रानाडालाई ३-१ ले पराजित गरेको छ ।

भियारियाल भने आफ्नै मैदानमा आलाभेजसँग २-० ले हारेको छ । स्पेनिस ला लिगामा १३ खेलबाट ३३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट २७-२७ अंक जोडेको बार्सीलोना र सेभिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन्

प्रकाशित मिति: १३ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्