भाेजपुरका बिरामीलार्इ फलफुल वितरण


 


OLYMPUS DIGITAL CAMERAभाेजपुर, मंसिर १४

सामुदायिक सेवा केन्द्र भोजपुरले जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।  महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यलय भोजपुरसँगको सहकार्यमा सो सेवा केन्द्रले जिल्ला अस्पताल भोजपुर र सिद्धकाली हस्पिटल प्रा.लिमा रहेका १७ जना बिरामीलाई फलफुल वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बिरामीलाई स्याउ, जुस, केरा लगायतका फलफुल वितरण गर्नुभएको थियो । फलफुल पाएपछि यहाँका बिरामी हर्षित भएका छन् । यसैबच महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई गत शनिबार सेतो रिबन बाँधेर उद्धघाटन गरिएको थियो ।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्