लामाखुमा भलिबल प्रतियोगिता सम्पन्न



khotang-khelkud-2खोटाङ, मंसिर १४

लामाखु–८, बेँसीटोलस्थित बोहरीडाँडा प्राथमिक विद्यालयको प्राङ्गणमा ‘वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिएको छ ।बालजित–वसनलक्ष्मी राई प्रतिष्ठानद्वारा आयोजित उक्त प्रतियोगितामा २ नम्बर वडाको खेल टिमले प्रथम उपाधि हासिल गरेको थियो ।

दोस्रो उपाधि ३ नम्बर वडाले प्राप्त गरेको थियो भने आयोजक ८ नम्बर वडाले तृतीय स्थानमा चित्त बुझाउनु परेको थियो । सो अवसरमा एक जना उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

khotang-khelkud-1प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि गाउँकै जेष्ठ नागरिक धनमुखी राई तथा प्रतिष्ठानका संरक्षक बालजित राईले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । उनीहरूले यस्ता खालका क्रियाकलापले युवाहरूको प्रतिभालाई निखार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संयोजक जितेन्द्र राईले कार्यक्रम सोचेभन्दा राम्रो भएको बताए । उनले भने, ‘हामी यो कार्यक्रमबाट ज्यादै उत्साहितभएका छौँ । आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने सोचाई छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News