नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ४ अर्ब २९ करोड, यस्ता छन् अन्य सूचक


 


काठमाडौं, साउन २१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ७९ करोड ७६ लाख ४ हजार रुपैयाँ मुनाफा गरेको थियो ।

यसअवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको संचालन नाफा ७ अर्ब ४६ करोड १७ लाख ५८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १८.६३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ६ अर्ब २८ करोड ९६ लाख ६० हजार रुपैयाँ संचालन नाफा गरेको थियो ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ६० करोड १८ लाख ६३ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ, जगेडा कोष २३ अर्ब ८९ करोड४५ लाख ४६ हजार रुपैयाँ, खराब कर्जा ४.३५ प्रतिशत रहेको छ ।

यस अवधि कम्पनीको प्रतिसेयर आम्दानी १७० रुपैयाँ ४८ पैसा र प्रतिसेयर आम्दानी प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७ पैसा रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्