भोजपुरमा कति छन् एड्स सङ्क्रमित ?



hiv-aidsभोजपुर, मंसिर १६

भाेजपुर जिल्लामा एचआइभी एड्सबाट सातजना सङ्क्रमित भएको पाइएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नाराका साथ आज विश्व एड्स दिवसको अवसरमा यहाँ आयोजित अन्तक्र्रियामा सो कुरा सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगारमा जाने चार पुरुष र स्थानीय तीन महिलामा यो रोगको सङ्क्रमण रहेको पाइएको भोजपुर जिल्ला अस्पतालका स्रोत व्यक्ति विनोद मिश्रले जानकारी दिए ।

अन्तक्र्रियामा अधिकांश वक्ताले एड्स नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले वार्षिक कार्यक्रममा जनचेतनामुलक कार्यक्रम पनि समावेश गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News