विपद् तयारी कार्ययोजनाको पूर्व अर्थमन्त्रीद्वारा लोकार्पण


 


shankar-koiralaरसुवा, मंसिर १६

पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको आज धुन्चेमा लोकार्पण गर्नुभयो । जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा तयार गरिएको उक्त योजना ५६ पृष्ठको छ ।

सो अबसरमा पूर्वमन्त्री कोइरालाले विपद् व्यवस्थापनमा यो योजनाले सहयोग पुरियाउने बताउँदै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । गत वैशाख १२ को महाभूकम्पलाई विष्लेषण गर्दै आगामी दिनमा त्यस्ता विपद् पर्दा कुन कुन निकायले उद्धार व्यवस्थापन र राहत सहयोग कसरी गर्ने भन्ने मार्गसहित खाका तयार भएकाले यो योजनाले दैवी प्रकोप व्यवस्थापनमा सहयोग पुरियाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्