प्रधानमन्त्री ज्यू निर्वाचनको मिति चाँही कहिले ?


 


“प्रधानमन्त्रीले गरे निर्वाचन प्रस्ताव” शीर्षक समाचारहरु पढ्न र सुन्न पाउँदा अलिकति भए पनि खुसी छाएको अनुभूत गर्न पाईयो । स्थानीय तहको निर्वाचन नभएर जनताले धेरै सास्ती खेपिरहनु परेको अवस्थामा निर्वाचनको प्रस्ताव अघि आउँदा पनि खुसी हुनु स्वभाविकै हो ।

akraj bhujel
एकराज भुजेल

सबै दलहरु यस विषयमा गोलबन्द भएर तदारुकताका साथ कार्यन्वयन गरी निर्वाचनको मिति तोकी निर्वाचन गर्नु पर्ने आवश्यकता छ । तर आज दलहरुको सहमति विना संविधान संशोधन प्रक्रिया अघि बढाएको भनि सडकमा राको बल्न थालि सकेको छ ।

नेकपा एमाले सडकमा उर्लिसकेको छ । यसरी दलदलविच नै मनमुटाव सिर्जना भएपछि के निर्वाचनको ढोका खोल्न सम्भव होला त? आज मुलुक दिनानुदिन विभिन्न समस्याले तहस–नहस भएको अवस्थामा कुर्सिको मोहमा ¥याल चुहाईरहेका नेतागणहरु आम नेपाली जनतालाई कठपुतलीको रुपमा नचाई रहेका छन् ।

आज विभिन्न प्रलोभनमा जनताहरुलाई सडकमा ओरालेर आफ्नो पक्षमा वकालत गर्न नेताको मखुण्डोधारी लागि परिरहन्छन् । स्थानीय तहको निर्वाचन हुनु आवश्यकता छ तर धेरै पटक निर्वाचनमा सहभागि भएर मतदान गरेका सर्वसाधरणको हविगत जस्ताको तस्तै सीमित छ तर मतदान गराएर निर्वाचित प्रतिनीधिको जीवनको आयाम नै आकाश पतालको फरकपना देखिने गरेको छ ।

समाज परिवर्तन हुन नसक्ने तर व्यक्ति परिवर्तन हुने यस्तो निर्वाचन औचित्यहिन छ । स्थानीय तह देखि केन्द्रिय तहसम्म कै संयन्त्रमा यस्तो देखिने गरेको छ । आज सडक देखि सदनसम्म पुगेका नेतागणहरु विभिन्न रुपमा ताण्डव नाच प्रस्तुत गरिरेहका छन् ।

देशलाई आफ्नै बाजेको पैत्रिक सम्पत्ति जस्तो चिरा–चिरा, धाजा–धाजा पार्दै भागवण्डा गर्नमा लिप्त देखिन्छन् । माओवादी, कांग्रेस, एमाले अनि अन्य दलहरु भगवण्डामा नै दौडिरहेका छन् यसै विचमा मनमुटावको स्थिती आईसकेको छ । तर नेपाली जनताले निर्वाचित गरेर पठाएका नेतागणहरु आज कहिले के संशोधन कहिले के मा नै समयलाई बर्बाद पार्दै देशको अस्थित्वनै मेटाउन लागिरहेको स्पष्ट हुन्छ ।

कयौं पटक निर्वाचनमा भोट हालेका नेपाली जनता आज सिटामोल खान नपाएर उपचार खर्च नभएर अकालमा जीवनलाई मृत्यु वरण गरिरहेको ज्वलन्त उदाहरण धेरै छन् । उपचारकै खर्चको तनावले बिरामीले आत्महत्याको बाटो रोजेको दर्दानक घटना ताजै छ । तर सरकार मुकदर्शक बनिरहेको छ ।

निर्वाचन समयमै होस् निर्वाचन देखि डराएर निर्वाचन भाड्ने कार्य कुनै दलहरुले नगरुन् नेपाली जनता स्थानीय निर्वाचन चाहन्छ तर देशलाई धुजा धुजा पारेर देशको अस्थित्व मेटाउने कार्य बन्द गरियोस् बिदेशीको इसारामा नेपाली जनताले सास्थी खेप्नु नपरोस् ।

जनताको हितमा प्रधानमन्त्रीको सधै ध्यान जानु नितान्त आवश्यकता छ । पद जोगाउने खेलमा मात्र नलाग्दा शुभ होला ।

यस पटक स्थानीय निर्वाचनले नै दलहरुको अग्नि परीक्षा हुने निश्चित छ जनता कति सजग भएका छन् भन्ने कुरा त्यसैले प्रधानमन्त्री ज्यू निर्वाचनको मिति चाही कहिले ? जनता आतुर छन् स्थानीय स्तरमा असल नेतृत्व निर्वाचित गर्नका लागि ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्