भाेजपुरका अागलागी पीडितलार्इ भारतीय भूपु सैनिककाे सहयाेग


 


भाेजपुर, मंसिर १७

भोजपुरका अग्नी पीडितलाई भारतीय भूपु सैनिक संघले आर्थिक सहयोग गरेको छ । संघले जिल्ला दैवि प्रकोप उद्धार समितीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा मार्फत नगद १ लाख २४ हजार ६ सय २५ रुपैंया हस्तान्तरण गरेको हो ।

पीडितलाई तत्काल आवास तथा अन्य व्यवस्थाको लागि भारतीय भूतपूर्व सैनिक संघको तर्फबाट आर्थिक संकलन गरिएको संघका अध्यक्ष भगीमान राईले बताउनुभयो । आगामी दिनमा पनि यस संघले पीडितहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

त्यसैगरी, न्यु समिट सेकेन्डरी इंलिस बोर्डिङ्ग स्कूल भोजपुरको तर्फबाट १५ हजार १५ रुपैंया नगद आजै बोर्डिङ्गका प्रिन्सिपल हरि भित्रीकोटीले उद्धार समितिका अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्