स्काभेटरले भाेजपुरमा एक बालक घाइते



भाेजपुर, मंसिर १७

भोजपुरको टक्सार–९ स्थित दारेगौडामा स्काभेटरले फालेको माटोको डल्लोले किचेर एक बालक घाइते भएका छन् । उन्नती नेपाल संस्थाद्धारा सञ्चालित सडक मर्मतको क्रममा आज अपरान्ह स्थानिय तिलक बहादुर विष्टका ९ वर्षिय छोरा विक्रम विष्ट सक्त घाइते भएका हुन् ।

विष्टको दाहिने खुटा तिन ठाउँमा भाँचिएको र निधारमा गम्भिर चोट लागेको पारीवारीक स्रोतले जनाएको छ । सडक मर्मतको ठेक्का लिएको के.वाई.पी कम्पनी भने मौन रहेको उनीहरुको आरोप छ ।

घाइते विष्टको सिद्धकाली हस्पिटलमा प्रारम्भिक उपचार गरी थप उपचारका लागी अन्यत्र लाने तयारी गरिएको बताइएको छ । पिडित पक्षले उपचारका लागी सहयोग गर्न सम्बन्धीत पक्षसँग माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News