अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे फुल्टन काउन्टी जेलमा आत्मसमर्पण


 


एजेन्सी, भदाैं ८
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् ।

पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ ।

ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।

प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्