फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा मेस्सी, रोनाल्डो र ग्रिजम्यान



lionel-messi-ronaldo-and-griezmannकाठमाडौं, मंसिर १८

बार्सिलोनाका लिओनल मेस्सी, रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र एथ्लेटिको मड्रिड एज्टोनी ग्रिजम्यान फिफा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

विजेताको घोषणा जनवरी ९ मा हुनेछ । फ्रान्स फुटबलको बालोन डि’ओरसँगको सम्वन्ध तोडेपछि फिफाले यो वर्षबाट फेरि उत्कृष्ट फिफा अवार्ड प्रदान गर्न लागेको हो ।

उत्कृष्ट प्रशिक्षकको अवार्डका लागि लिसेस्टर सिटीका क्लाउडिओ रानिएरी, पोर्चुगलका फर्नान्डो सान्तोष र रियल मड्रिडका जिनेदान जिदान छन् । र, अब फ्यानहरुले पनि भोटिङ गर्न सक्नेछन् । फिफामा आवद्ध देशका कप्तान र प्रशिक्षकको भोट ५० प्रतिशत हुनेछ ।

बाँकी समर्थक र विश्विभरका २०० खेल पत्रकारको मत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News