अपांगता दिवसमा सामाग्री वितरण


 


soda-bhojpur-1भाेजपुर, मंसिर १८

२५ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यसोधरा माविमा अध्यनरत सुस्तमनस्थिती स्रोत कक्षाका बालबालिकालाई सामाग्री वितरण गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार महिला तथा बालबालिका कार्यालय भोजपुर र विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुरको आयोजनामा भिन्न क्षमता भएका १० बालबालिकाकालाई लत्ताकपडा र सरसफाईका सामाग्री वितरण गरिएको हो ।

उनीहरुलाई रणबम गणको तर्फबाट खाद्यान्न तथा प्रहरी नायव उपरिक्षक काजीकुमार आर्चायले नगद सहयोग गर्नुभएको छ । कार्यक्रममा सांसद जयन्ती राईले आफु स्वयंम नीती निमार्णको तहमा रहेकाले अपाङ्ग सम्बन्धि नीतिको वियषमा सुझावको अपेक्षा गरेकाे बताउनुभयाे ।

soda-bhojpur-2त्यस्तै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले दिवस दिवसको रुपमा नभई अपाङ्गको अधिकार स्थापितका लागि लाग्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले भोजपुर जिल्लामा समाहित शिक्षाको समेत सुरुवात गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सिता परियारले अपाङ्ग सम्बन्धी कानुन कार्यन्वयनमा जोड दिनुभयो । महिला विकास अधिकृत पुष्पलता उप्रेतीले भने चाँडो भन्दा चाँडो अपाङ्ग परिचय पत्र वितरण गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, सोडाका अध्यक्ष नविन प्रधान, विभिन्न संघ संस्थाका प्रमुख पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्