Deshko News
१८ आश्विन २०८०, बिहिबार

फिल्म ‘गणपति’को ‘उनभित्र गुण’ गीत सार्वजनिक (भीडीओ)



काठमाडौं, भदौ १२ । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत फिल्म (गणपति)को ‘उनभित्र गुण’ बोलको गीत सार्वजनिक भएको छ।

सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश उक्त गीत सार्वजनिक गरिएको हो। शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा बाबुल गिरीको स्वर, संगीत तथा संगीत संयोजन छ।

सबिन अधिकारीले निर्देशन गरेको फिल्ममा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

उक्त गीतको भीडीयो तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा छायांकलन गरिएको हो । फिल्म ‘गणपति’ भदौ १४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News