अस्पतालको एम्बुलेन्स थन्कियो, बिरामीलाई सास्ती



ambulanceखोटाङ, मंसिर १९

भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो ।

तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि एम्बुलेन्स नचलेपछि पछिल्लो समय जिल्लामा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ ।

एम्बुलेन्स नचलेपछि आफ्नो बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउनुपरेको बिरामीका आफन्तले बताएका छन् । बिरामीलाई मान्छेको भरमा डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल पु¥याउनु पर्दा समय पुग्न नसकिने र एम्बुलेन्सकोे भाडाभन्दा खर्च बढी हुने गरेको बिरामीका आफन्तले बताएका छन् ।

जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारतीय सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो । थन्किएर रहेको एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने तयारीमा आफू रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रामबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News