खेल चलिरहँदा गोलकिपरलाई दर्शकले जलिरहेको पटाकाले हानेपछि…


 


french2

रेन्च लिग वान अन्तर्गत शनिबार रातिको मेट्ज र लियोनबिचको खेलमा बिचमै रोकिएको छ ।

लियोनका गोलरक्षक एन्थोनी लोपेजमाथि दर्शकले जलिरहेको पटाकाले हानेपछि खेल बिचमै रोकिएको हो । २८ औं मिनेटमा हेइनले मेट्जलाई अग्रता दिलाएपछि दर्शकले लियोनका गोलरक्षक लोपेजलाई पहिलो पटक पटाकाले हानेका थिए । त्यसपछि उनलाई मेडिकल सहायता दिइएको थियो ।

त्यसलगतै जलिरहेको पटाका लोपेज नजिकै विस्फोट भएको थियो । पहिलो हाफको खेल सकिएपछि खेल रोकिएको हो । गोलरक्षक लोपेजलाई परीक्षणका लागि अस्पताल लगिएको क्लबले जनाएको छ ।

french-legue

क्लबले यस्तो घटना निकै गम्भीर रहेको बताएको छ । लोपेजमाथि दोस्रो पटाका प्रहार भएपछि दुवै टिमका खेलाडीले दर्शकलाई शान्त रहन आग्रह गरेका थिए । लिग डि फुटबल प्रोफेसनलस् एलएफपीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्